– डि.आर. पराजुली (म्याग्नेट) 

बालबालिका पछि गएर कस्तो बन्छन् भन्ने कुरा आमाबाबुले उनीहरुलाई दिएको शिक्षा, पालनपोषण, हेरचाह र समग्र वातावरणमा भर पर्छ । यसअर्थमा एउटा बालक स्वस्थ र असल व्यक्ति भएर निस्कनु भनेको आमाबाबुको लागी खुशी र सफलता हो ।

त्यो खुशी र सफलता प्राप्त गर्नको लागी आमाबाबुले के गर्ने त ?

  •  सकारात्मक सोचौं, राम्रो बोलौं र राम्रो गरौं ।
  • सफल मानवले बिहानको समयलाई खेर फाल्दैनन ………………..

बच्चालाई बिहान सबेरै (५ बजे) उठाऔं
ब्रस नगर्दै १ गिलास पानी पिउन दिउं
कसरत र १५ मिनेट ध्यान गराऔं

  • वाक्य बदलौं: बाबु ! तिमी गलत होईनौ, अलग हौ।
  • बच्चाको सम्मान पाउन बच्चाको सम्मान गरौं र उचित आदरका साथ बोलौं।
  • बच्चाको उपलब्धीको सम्मान गरौं।
  • बच्चाले स्कुलबाट कति गृहकार्य ल्यायो होईन, के सिकेर आयो हेरौं।
  • महिनाको १ पटक विद्यालय जाऔं, विद्यालय जाँदा गुनासो होईन, प्रसंसा लिएर    जाऔं। बच्चा तपाईलाई शिक्षकसंग देख्दा खुशी हुनुपर्छ, बच्चाको बढोत्तरीको बारेमा छलफल गर्नुहोस।
  • बच्चाले राम्रो गरोस् भनी सोच्ने मात्र होईन, उचित वातावरण पनि दिउँ।
  • बच्चालाई गालि गर्ने र पिट्ने होइन, मायाले सम्झाउने बानी बसालौं।
  • बच्चालाई पढाइमा मात्र होइन, उसको रुचि अनुसार अतिरिक्त क्रियाकलाप गर्न पनि  हौसला दिउँ।

यस लेखका लेखक पूर्व शिक्षक तथा हाल मोटिभेस्नल स्पिकर हुनुहुन्छ ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text