“केहि कार्य गर्नुभन्दा अगाडी गरिने प्राथमिक तयारि नै सफलताको आधार हो “

परिचय

एलेक्जेन्डर ग्राहम बेल १९ औं शताब्दिका महान आविष्कारक हुन् । टेलिफोनका आविष्कारक ग्राहम बेलको जन्म १८४७ मार्च ३ मा भएको थियो ।

प्रारम्भिक जीवन

एलेक्जेन्डर ग्राहम बेल स्कटल्याण्डमा जन्मिएका थिए । उनका बाबुले बहिरा विद्यार्थीहरुको लागि सांकेतिक भाषा सिकाउँथे भने आमा चित्रकार थिईन् जो शारीरिक रुपमा बाहिरी थिईन् । आमाले नै उनलाई घरमा पढाउने गर्थिन् । उनि पछि स्कुल जान थाले र १५ वर्षको उमेरमा स्कुल छोडेपछि युनिभर्सिटी भर्ना भए । तर उनले आफ्ना साथीहरुले जस्तो पढ्न सकेनन् । सन् १८७० मा उनका दुई जना भाईहरुको निधनले गर्दा उनको परिवार क्यानडामा सर्यो जहान उनका बाबुले बहिराहरुको लागि शिक्षा दिने कार्य व्यापक रुपमा थालनी गरे । बाबुको कामले ग्राहमबेलमा संचार सम्बन्धि ज्ञानको विकास भयो ।

वैज्ञानिक यात्रा

बाबुको कामको बाटोलाई पछ्याउँदै ग्राहम बेलले सन् १८७२ मा “स्कुल अफ भोकल फ़िजिओलोजि एण्ड मेकानिक्स अफ स्पीच” नामक स्कुलको स्थापना गरेर संचार सम्बन्धि ज्ञान दिन थाले । उनि सन् १८७३ मा प्राध्यापक पनि नियुक्त भए । सन् १८७७ मा ग्राहम बेलले आफू भन्दा दश वर्ष कान्छी आफ्नै विद्यार्थीसंग बिहे गरेका थिए , जो बहिरी थिईन् । उनकी श्रीमतीले पनि उनको कार्यमा सघाउने गर्थिन्।
शिक्षण पेशा संगै ग्राहम बेलले टेलिग्राफलाई कसरि एउटा तारबाट संचालन गर्न सकिन्छ भन्ने अनुसन्धानमा जुटे । त्यसैबेला उनको दिमागमा मानव आवाज तारको माध्यमबाट संचार गराउन मिल्ने कल्पना आयो । सन् १८७४ मा उनले थोमस वाटसन लाई आफ्नो सहयोगीमा नियुक्त गरे र आवाज प्रसारण गर्ने यन्त्रको आविष्कारमा जुटे।

सफलता

सन् १८७६ मार्च १० मा पहिलो पटक तारबाट आवाज प्रसारण भएको थियो । परिक्षणको क्रममा ग्राहम बेलले ” वाटसन आऊ, म तिमीलाई देख्न चाहन्छु ” भनेका थिए जसलाई वाटसनले तार मार्फत सुनेका थिए । यो नै संसारको पहिलो टेलिफोन कल थियो । ग्राहम बेलको विरुद्धमा आविष्कारक एलिशा गरेले त्यो आविष्कार ग्राहम बेलले भन्दा पहिले आफूले गरेको भनि मुद्दा दायर गरे तर अमेरिकाको सर्वोच्च अदालतले ग्राहम बेलको पक्षमा फैसला जारि गर्यो । उक्त फैसलापछि बेलले सन् १८७७ मा “बेल टेलिफोन कम्पनि” को स्थापन गरे ।
सन् १८८३ मा ग्राहम बेलले ग्राफोफोन उपकरण, साउण्ड रेकर्डिङ्ग, म्याग्नेटिक रेकर्डिङ्ग उपकरण बनाए जुन टेप रेकर्डिङ्गको प्रारम्भिक रुप थियो । १९ औं शताब्दीमा उनले यातायात क्षेत्रमा हात हाले र सन् १९०७ मा एरियल एक्स्पेरिमेंट एसोसियन स्थापनाको लागि भूमिका खेले । सन् १९०६ देखि १९१९ सम्म उनले डुंगा सम्बन्धि क्षेत्रमा काम गरे। उनले नेशनल जोग्राफिक सोसाइटिको प्रमुखको रुपमा १८९६ देखि १९०४ सम्म काम गरे । अगस्त २, १९२२ मा यस संसारबाट बिदा लिएका ग्राहम बेल विभिन्न पुरस्कारबाट सम्मान्नित भएका छन् र “टेलिफोनका पिता” भनेर चिनिन्छन् ।

यदि तपाईंसंग कुनै कार्यसंग सम्बन्धित ज्ञान छ भने सफलताको भर्याङ्गका अरु खुड्किलाहरुले तपाईंलाई पर्खिरहेका हुन्छन् ।आफ्नो कार्यलाई अगाडी बढाउंदै थोरै भएपनि त्यो कार्यको विकासमा लाग्नुस् जसले तपाईंलाई भिन्न र सफल बनाउने छ ।

“विचारहरुलाई जबरजस्ती ल्याउन नखोज, सफलता विचारहरुको क्रमिक विकास हो “

कामको प्राथमिक ज्ञान र उक्त काम गरिसकेपछि पाईने अनुभवले सुस्त गतीमा थप विचारहरुको पैदा गर्छ । ती विचारहरु माथि तपाईंले गरेको लगानीले सफलता दिलाउँछ जसरि संचार विषयमा शिक्षक पेशाबाट काम सुरु गरेका ग्राहम बेल टेलिफोनका पिता बने ।

लेख बारे आफ्नो विचार यहाँ लेख्नुहोस :
Ad::
Custom Text